पृथ्वी जयन्ती: हाइमास्टको पोलमा ठडियो पृथ्वीनारायण शाहको तस्वीर (फोटो फिचर)
पाेखरा | पुस २७, २०८०
पोखरा: ३०२ औँ पृथ्वी जन्मजयन्तीको अवसरमा पृथ्वीनारायण शाहलाई विभिन्न कार्यक्रम गरी राप्रपाले सम्झिएको छ ।
राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष रविन्द्र मिश्रले पोखरा १८ स्थित शहीद पार्कमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै सम्झिए ।
यस्तै पोखराको लखनचोक (पृथ्वीचोक) मा शाहको सम्मानमा हाइमास्ट बत्तीको पोलमा पृथ्वीनारायण शाहको तस्वीर ठड्याइएको छ ।
राप्रपा कास्कीको आयोजनामा भएको कार्यक्रममा ब्राह्मण समाज, क्षेत्री समाज, ठकुरी समाज लगायतको सहभागिता रहेको थियो ।
सभा अघि अमरसिंह लगायत विभिन्न चोकबाट ¥याली निकालिएको थियो ।
तस्वीरहरु:









पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

